समृद्धिलाई पराजित गर्दै सीसीआरसी पुगे सेमिफाइनलमा
२०७६ पुस १० गते

पुस १०, काठमाडौं । सीसीआरसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सीसीआरसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
रोजबड स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले समृद्धिलाई ६३–४३ ले पराजित गरेको छ । त्यस्तै ह्वाइटहाउस र टाइम्स पनि सेमिफाइनलमा पुगेका छन् ।
null
ह्वाइटहाउसले ट्रिनिटीलाई ५५–५१ ले पराजित गरेको हो भने, टाइम्सले आयोजक रोजबडमाथि ६२–५५ को अन्तरले जित दर्ता गरेको छ ।
२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








