आईतबार पनि सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो

पुस ६, काठमाडौँ । शुक्रबार स्थिर रहेको सुनको भाउ आज साताको पहिलो दिन आईतबार पनि स्थिर रहेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

शुक्रबार प्रतितोला  ७१ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा करोबार भईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि स्थिर रहेर  प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।   

Image result for आईतबार पनि सुनको भाउ स्थिर

आज चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको चाँदीको भाउ आज प्रतितोला ८ सय ५५ रुपैयाँमा बिक्री बितरण भईरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *