जेसिजको महाधिवेशनमा आएका युवकको मृत्यु

पुष १४, चितवन । चितवनको रत्ननगरमा हालै सम्पम्न जेसिजको महाधिवेशनमा सहभागी हुन आएका एक युवा मृत फेला परेका छन् ।     

काभ्रे जिल्ला घर भएका कृष्णकुमार मानन्धर आइतबार सांझ मृत अवस्थामा फेला परेका हुन ।  उनी पुस ११ गते देखि हराइरहेका थिए । रत्ननगरमा भएको नेपाल जेसिजको ४६ औं महाधिवेशनमा सहभागी हुन काभ्रेबाट आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव  फेला परेको प्रहरीले जनाएको छ ।     

मानन्धरको शव रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख प्रहरी नायव उपरीक्षक भावेस रिमालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *