दबंग ३ का कारण आज नेपाली चलचित्र प्रदर्शनमा आउन सकेनन्, कजोर रह्यो ‘दबंग ३को ओपनिङ

पुस ४, काठमाडौँ । आजबाट विश्वभर भारतीय अभिनेता सलमान खानद्वारा अभिनित चलचित्र  ‘दबंग ३’ प्रदर्शनमा आएको छ ।   

प्राय जसो सलमानद्वारा अभिनित चलचित्रहरु उनको नामले मात्र चल्ने भएपनी तर त्यस चलचित्रकाे ओपनिङ  भने निकै कमजोर देखिएको छ । कारण उही पुरानो शैली चलचित्रमा नयाँपन केही  नहुनाले  पनी यसको ओपनिङ निकै कमजोर भएको देखिन्छ ।   

सलमानको स्टारडम ‘दबंग ३ ले सोलो रिलिज पाएको हुनाले पनि यसको  बम्पर ओपनिङ  हुने निदर्शकले अपेक्षा गरेका थिए । तर चलचित्र प्रदर्शनकाे आज पहिलो दिनको बिहानी शोमामा निकै कम दर्शक देखिएर निकै कमजाेर ओपनिङ भयाे 

Image result for दबंग ३

चलचित्रले २० देखि २५ प्रतिशतको मात्र ओपनिङ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रलाई एक सातामै बम्पर कमाई गर्नुपर्ने हुन्छ । किनकी, अर्को साता देखी अक्षय कुमारद्वारा अभिनित  चलचित्र ‘गुड न्यूज’ प्रदर्शनमा आउँदैछ जसको कारण  ‘दबंग ३ को व्यापारमा निकै ठूलो धक्का पर्ने सम्भावना रहेको छ । 

‘दबंग ३ मा  सलमानसहित सोनाक्षी सिन्हा, अरबाज खान, प्रमोद खन्ना, पंकज त्रिपाठी लगायतको मुख्य भूमिका रहेको छ ।   

‘दबंग ३ को प्रभाव भने नेपाली चलचित्रमा भने पुरा परेको छ । हरेक शुक्रबार नेपाली चलचित्रको प्रदर्शन मिति रहेपनी आजबाट  ‘दबंग ३ प्रदर्शनमा आउँने भनेपछी कुनैपनी नेपाली चलचित्र प्रदर्शनमा आउन सकेनन् ।   

त्यसै त सलमानकाे चलचित्र भन्ने बित्तिकै डराउने नेपाली चलचित्र त्यसमाथी नेपालका सबै मल्टिप्लेक्स सिनेमा हलले हिन्दी फिल्म ‘दबंग ३’ लाई सबै शो दिएपछि नेपाली चलचित्र प्रदर्शनमा आउने कुराे नै भएन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *