बिहान उठ्ने बितिकै भुलेर पनि यस्ता खाने कुराहरू नखानुहोस्:

पुस ०९, काठमाडौं । बिहान उठ्ने बितिकै खाली पेटमा यस्ता खाने कुरा नखानुहोस्ः
सोडाः सोडामा कार्बोनेट एसिडको मात्रा धेरै हुन्छ। यदि खाली पेटमा सोडा खाने हो भने तमतम लाग्ने तथा असहज महसुस हुन सक्छ।
गोलभेँडाः गोभेडामा एसिडको मात्रा हुन्छ। खाली पेटमा अघुलनशील पदार्थ पैदा गर्छ । खाली पेटमा गोलभेँडा खानु पेटमा पत्थर बन्ने कारण बन्न सक्छ।

औषधिः औषधि दिदा नै चिकित्सकले भनेको हुन्छन खाली पेटमा सेवन नगनुहोला । हो खाली पेटमा जुनसुकै एलोपेथिक औषधि पनि सेवन गर्दा पेटमा एसिड निस्किएर शरीरमा असन्तुलन पैदा हुन्छ।
रक्सीः खाली पेटमा मदिराजन्य पदार्थ भुलेर पनि सेवन नगर्नुहोस। यसले पेटमा जलन पैदा गर्नुका साथै सही तरिकाले खाना नपच्ने समस्या निम्त्याउँछ।
चटपटे भोजनः कहिलेकाहि खाली पेटमै चटपटे भोजन खाने गरिन्छ। तर सो स्वास्थ्यका लागि हानिकारक हुन्छ।
चिया-कफीः खाली पेटमा चिया९कफी पिउनु सबैभन्दा घातक हुन्छ। कफीमा पाइने, कैफिनले स्वास्थ्य बेहाल पारिदिन सक्छ। चियामा हुने अधिक एसिडले पनि खालि पेटमा समस्या पैदा गरिदिन्छ।
दहीः दही स्वास्थ्यवद्धक चिज हो, तर खाली पेटमा खानु निकै घातक हुन्छ। खाली पेटमा खाएको दहीले शरीरमा घातक केमिकललाई निम्त्याउँछ।
केराः खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा अत्याधिक बढन जान्छ। जसकारण शरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन पैद हुन्छ। त्यसैले खाली पेटमा केरा नखानु नै बेस हुन्छ।








