फ्रान्समा भएको देशव्यापी हडतालमा प्रहरी र प्रदर्शनकारीबीच झडप
२०७६ मंसिर २१ गते

मंसिर २१, फ्रान्स । पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । राजधानी पेरिसमा हालसम्म ८७ जनालाई हिरासतमा लिइएको छ ।
देशव्यापी हडतालले स्कुल, सरकारी कार्यालयको काम प्रभावित भएको छ भने यातायात सेवा लगभग ठप्प छ । फ्रान्समा कामकाजी वर्ग पेन्सन योजनामा प्रस्तावित सुधारबाट रुष्ट छन् । नयाँ प्रस्तावमा अवकासको उमेर बढाउने प्रस्ताव छ । तोकिएको समय भन्दा अगावै अवकास हुनेले कम रकम पाउने छ ।
पेन्सन सुधारको विरोधमा भइरहेको हड्तालमा शिक्षक, यातायातका कर्मचारीसँगसँगै प्रहरी, वकिल, अस्पतालका कर्मचारी, हवाई अड्डाका कर्मचारी र अन्य कामकाजी मानिसहरु समेत सहभागी छन् ।
null
२०७६ मंसिर २१ गते
प्रतिक्रिया
सम्बन्धित








