माैसमः तराई र पहाडी भू-भागमा बाक्लो हुस्सु/कुहिरो, चिसोबाट बच्न अनुरोध
मकालु खबर
२०७६ पुस १३ गते
पुस १३, काठमाडौं । हाल तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ भने देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।
तराईका भू-भागमा र पहाडी भू-भागमा हुस्सु/कुहिरोलेे हुने चिसोको प्रभावबाट बच्न सतर्कता अपनाउन शाखाले अनुरोध गरेकाे छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १३ गते (आइतबार)
दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष १४ गते (सोमबार)
दिउँसो: देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
पौष १५ गते (मंगलबार)
दिउँसोः देशको पश्चिमी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशका अधिकांश भू-भागमा आंशिक बदली रहनेछ।
मकालु खबर
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित