को हुन् यी १६ वर्षे किशोर जसले सलमानलाई दिए यस्तो खतरनाक धम्की

  

मंसिर २९, भारत । भारतको गजियाबादका १६ वर्षका एक किशाेरले मुम्बई पुलिसलाई इमेल पठाएर सलमान खानको घरलाई बमले उडाइदिने धम्की दिए । 

हिन्दुस्तान टाइम्समा छापिएको रिपोर्ट अनुसार यो इमेल डिसेम्बर ४ मा पठाइएको थियो । इमेलमा ती किशाेरले लेखेका थिए, ‘बान्द्राको ग्यालेक्सी, सलमान खानको घरमा अबको दुई घण्टामा बिस्फोट हुँदैछ, रोक्न सके रोक । इमेल पाएपछि पुलिसको होस् उड्यो र तुरुन्त आफ्नो कारवाही सुरु गर्यो । बान्द्रा पुलिस बम डिटेक्सन र डिस्पोजल स्क्वाडसहित सलमानको घर पुगे ।’ 

Image result for सलमान खान

सलमान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकामा ग्यालेक्सी अपार्टमेन्टमा बस्छन् । 

चार घण्टा चल्यो छानबीनः 

भारतीय संचार माध्यममा प्रकाशित समाचार अनुसार पुलिस जब घर पुग्यो तब सलमान त्यहाँ थिएनन् तर उनका पिता सलिम खान, आमा सलमा र बहिनी अर्पितालाई सुरक्षित स्थानमा राखेर घरको अनुसन्धान गरियो । अनुसन्धान चार घण्टासम्म चल्यो । सुक्ष्म अनुसन्धान गर्दा पनि केही नपाएपछि इमेल झुटो भएको थाहा भयो । त्यसपछि ती व्यक्तिको खोजीकार्य सुरु भयो । प्राविधिकको सहयोगमार्फत् एक युवकले गाजियाबादबाट  उक्त इमेल पठाएको पत्ता लाग्यो । 

फरार थिए युवकः 

जब पुलिस उनको घर पुग्यो तब उनी फरार भइसकेका थिए । पुलिसले उनका दाइलाई घटनाबारे पूर्ण जानकारी दिएर उनलाई घर फिर्ता हुन बाध्य बनायो । त्यसपछि पुलिसले ती किशाेरलाई बान्द्राको पुलिस स्टेशनमा आत्मसमर्पणका लागि नोटिस पठाए र त्यसपछि उनलाई जुवेनाइल कोर्टमा पेश गरेपछि रिहा गरिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *