भक्तपुरमा कांग्रेसको अग्रता, १० बजेसम्म अन्तिम परिणाम आउने

मंसिर १५, भक्तपुर । क्षेत्र नं १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिकाका नौवटै वडा र भक्तपुर नगरपालिका–१० गरी कूल १० वडामा भएको उपनिर्वाचनपछि भएको मतगणनामा आज बिहान ७ः०० बजेसम्मको मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुई हजार ३१२ मतको अग्रता लिएका छन् ।   

चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणनामा काँग्रेसका उम्मेदवार भँडेलले  नौ हजार ९५ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का देवीप्रसाद ढकालले छ हजार ७८३ मत प्राप्त गरेका छन् ।   

त्यसैगरी नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का निरज लवजूले दुई हजार ८४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले २९४, साझा पार्टीका सुरज प्रधानले २४८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।   

null

गएराति ११ बजे शुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान १० बजेसम्म आउने गरी मतगणना भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =