चन्द्रागिरिमा रहेकाे गाैरीशंकर पेन्टस कारखानामा आगलागी

काठमाडौं २९ मंसिर। काठमाडौंकाे चन्द्रागिरि ११ सतुङ्गलमा गाैरीशंकर पेन्टस कारखानामा  आगलागी भएकाे छ । करेन्ट सर्ट भएर सतुङ्गलमा रहेकाे  गाैरीशकंर पेन्टसकाे कारखानामा  आगलागी भएकाे हाे । 

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाकाले भने ‘गाैरीशकंर पेन्टसमा आगलागी भयाे भने खवर आयाे ५ मिनेट प्रहरी परिचालन गरि दुई वटा दमक र दुईवटा पानी ट्याङ्कीकाे साथमा एक घण्टैमा आगाे नियन्त्रणमा लिएकाे भएर ठूलाे क्षतिहुनबाट जाेगियाे।’ 

गाैरीशंकर पेन्टसका सञ्चालक आन्नद राैनियारले प्रहरीहरूकाे सकृयता र नगरपालिकाकाे साथ र सहयाेगका कारण ठुलाे क्षेति हुन पाएन उनले भने । सो आगलगीमा परी कारखानामा रहेकाे रङ्ग बनाउने मेशिन, केमिकल, कारखानाकाे ठूलो र सानो मेशिन, कागजपत्र, अन्य अन्य सरसामान जलेर नष्ट भएकाे छ । 

कारखानामा लागेको आगलागी काठमाडौं महानगरपालिकाकाे  बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय  प्रहरी बृत्त थानकोटले जनाएको छ । 

आगलागीबाट के कति क्षति भयाे भने एकिन विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *