स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकियो

मंसिर २९, काठमाडौं । बार्सिलोना रियल सोसिडाडसँग २/२ गोलको बराबरीमा रोकिएको छ ।   

स्पेनिस ला लिगाको चौथो स्थानमा रहेको रियल सोसिडाडसँगको बराबरीले बार्सिलोनालाई अंक तालिकामा अग्रताको दुरी बढाउने मौका गुमेको छ । 

निकै रोमाञ्चक बनेको खेलको १२ औं मिनेटमा मिकेल ओयारजाबेलले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई अग्रता दिलाए । तर ३८ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिजमनको गोलमा खेल बराबरी गर्न सफल भयो । 

null

पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा बार्सिलोनाले अग्रता बनायो । उसका लागि लुइस स्वारेजले गोल गरे । तर ६२ औं मिनेटमा इसाकले गोल गर्दै घरेलु टिम सोसिडाडलाई बराबरीमा पु्‍र्‍याए ।   

त्यसपछि बार्सिलोनाले खेल जित्न हर प्रयास गरे पनि सफल भएन । जसका कारण उसले अंक तालिकामा रियलसँगको दुरी बढाउने मौका खेल फाल्यो ।   

बार्सिलोनाको १६ खेलमा ३५ अंक छ । एक खेल कम खेलेको रियलको ३४ अंक छ । सोसिडाडको २८ अंक भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *