रौतहटबाट कटुवा पेस्तोलसहित तीन जना पक्राउ

पुष २, रौतहट । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । 

सुरक्षा बेस फतुवाको टोलीले हतियारसहित बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साहलाई पक्राउ गरेको हो । 

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद भएको छ । यस्तै धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई सुरक्षा बेस क्याम्प फतुवामै राखिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =