दुईवटा गाडीको ठक्करबाट बृद्धको मृत्यु
मकालु खबर
२०७६ मंसिर २० गते
मंसिर २०, झापा । शुक्रबार बिहान झापामा दुईवटा गाडीको ठक्करबाट ७० वर्षिय एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका १२ र बुद्धशान्ति गाउँपालिका ३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा हिँडीरहेका उक्त बृद्धलाई सुरुमा नम्बर १–०१–००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइते बनाएकाे र उनी सडकमा लडी रहेको अवस्थामा फेरी अर्को मे.१ ज ३१९६ नम्बरको गाडीले पुनः ठक्कर दिएको हाे ।
२ वटा गाडीको ठक्करबाट गम्भिर घाइते भएका बुद्धशान्ति गाउँपालिका–३ का ७० वर्षीय हरि प्रसाद न्यौपानेको उपचारको क्रममा झापाको विर्तामोडस्थित बीएनसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल उनलाई ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित