टिकट नपाएका आक्रोसित दर्शकमाथि प्रहरीको लाठी
मकालु खबर
२०७६ मंसिर २४ गते
मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत मंगलबार हुने पुरुष फुटबलको फाइनल खेलका लागि टिकट लिन बसेका सर्वसाधारणमाथि प्रहरीले लाठि प्रहार गरेको छ । टिकट नपाएको भन्दै आक्रोसित सर्वसाधारणलाई प्रहरीले लाठि वर्षएको हो ।
आज पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।
उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यसैबीच कुटपिट गरेको फोटो खिचेको भन्दै प्रहरीले पत्रकारहरुलाई समेत दुव्र्यबहार गरेको छ ।
null
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरेका छन् ।
मकालु खबर
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित