सरकारलाई दिएको समर्थन फिर्ता लियाे समाजवादी पार्टीले

पुस ९, काठमाडौँ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको  जानकारी गराएको छ ।   

बुधबार बसेको सो पार्टीको कार्यकारिणी बैठक लगत्तै  पत्रकार सम्मेलन गरी जारी गरिएको विज्ञप्तीमा उक्त कुरा जनाईएको हो । 

यस अघि मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । 

यस पार्टीका अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताएका छन् ।   

उनले प्रधानमन्त्रीले गठबन्धनको स‌ंस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढं‌गबाट अघि बढेको पनि आरोप लगाए । 

यस सँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाई बहुमत गुमाएको छ । सरकारसँग अब साधारण बहुमत छ । समाजवादी पार्टीको संसदमा १८ सिट छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *