५ मिनेट मै अनुहारमा चमक ल्याउन यी साधारण उपाय अप्नाउनुहोस्

पुस १२, एजेन्सी । तपाईको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा सुख्खा तथा फिक्का देखिने छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ ।   

सामाग्रीहरु 

१) कागती 

५ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउन अप्नाउनुहोस् यी उपाय

२) थोरै नुन 

३) चामलको पिठो 

४) मह 

बनाउने बिधि 

पहिलो चरण–सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस। 

दोस्रो चरण–यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ। यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् ।   

त्यसपछि सफा पानीले मुख धुनुहोस। र अनुहारलाई सुक्खा हुन दिनुहोस। अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणामस्वरूप तपाइंको अनुहार पहिलेभन्दा निकै आकर्षक देखिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =