पत्रकार खशोग्गीको हत्याको आरोपमा ५ जनालाई मृत्युदण्डको सजाय

पुष ७, काठमाडौं । पत्रकार जमाल खशोग्गीको हत्या गरेको आरोपमा साउदी अरबको एक अदालतले पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ भने तीन जनालाई जेल सजाय सुनाएको छ । 

साउदी सरकारका आलोचक पत्रकार खाशोज्जीको २ अक्टोबर २०१८ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा हत्या भएको थियो । सुरुमा साउदी अरबले खाशोज्जीको हत्या भएको नै स्वीकार गरेको थिएन । 

यस मामिलामा साउदी राजकुमार मोहमद बिन सलमानको हात रहेको विभिन्न रिपोर्टहरु समेत बाहिर आएको थियो । राजकुमारले यसलाई खण्डन गरे पनि गत अक्टोबरमा साउदी अरेबियाको नेताको हैसियतले साउदी सरकारका लागि काम गर्ने व्यक्तिहरुले घटना घटाएको भन्दै घटनाको सम्पूर्ण जिम्मेवारी लिने बताएका थिए । 

अन्तर्राष्ट्रिय दबाबपछि साउदीको सरकारी वकिलले नाम नखुलाएका ११ जनामाथि मुद्दा चलाएको थियो । 

साउदी सरकारले यस घटनामाथि अनुसन्धान सुरु गरेपछि १८ जनालाई पक्राउ गरिएको थियो भने पाँच जना शीर्ष सरकारी अधिकारीहरुलाई बर्खास्त गरिएको थियो । यसमा गुप्तचर विभागका उपप्रमुख अहमद असिरी र राजकुमार सलमानसँग निकट मानिने साउद अल कतानी रहेका थिए । कतानीमाथि अनुसन्धान गरिए पनि उनीविरुद्ध पर्याप्त प्रमाण नभेटिएको भन्दै छाडिएको थियो भने खसिरीलाई पनि पछि प्रमाण नभेटिएको भन्दै सफाइ दिइएको थियो । 

गत जनवरीमा ११ जनालाई रियादको क्रिमिनल कोर्टमा सुनुवाइका लागि पेश गरिएको थियो जसमध्ये पाँच जनालाई मृत्युदण्डको सजाय माग गरिएको थियो । उनीहरुको पहिचान खुलाइएको छैन । 

५९ वर्षीय पत्रकार खशोग्गी सन् २०१८ को अक्टोबर २ मा साउदी कन्सुलेट पुगेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =