गजुरेल मार्फत संकलन भएको रकम गौतम बुद्ध रंगशालालाई

पुष १२, चितवन । निर्माधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि सामाजिक अभियन्ता मुरली प्रसाद गजुरेल मार्फत संकलन भएको १ लाख १५ हजार ९ सय ५४ रुपैया धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको छ ।   

सो रकम शनिवार रंगशाला निर्माणस्थल चितवन भरतपुरको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ( धुर्मुस ) लाई गजुरेल लगायतको टोलीले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । देश विदेशमा रहेका ३३ जना नेपालीहरुले विभिन्न अवसर पारेर गजुरेललाई रंगशाला निर्माणका लागि सो रकम संकलन पठाएका थिए ।   

रंगशाला निर्माणका लागि निरन्तर सहयोग संकलन गर्ने उल्लेख गर्दै खैरहनी ८ पर्साका सामाजिक अभियन्ता गजुरेलले सवै नेपाली मिलेर गौरवको आयोजना सम्पन्न गर्नु पर्ने वताए । सहयोग ग्रहण गर्दै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणका लागि चितवनवासी विस्तार तात्दै गईरहेको वताए । रामपुरमा करिव २० विगाहा ८ कठ्ठा क्षेत्रफलमा झन्डै ३ अर्बको लागतमा रंगशाला निर्माण गरिदै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *