व्यावसायिक दृष्टिले गरिमा विकास बैंक प्रचुर सम्भावना बोकेको छ: सञ्चालक बस्या

पुस ०६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।   

आईतबार निलकण्ठ नगरपालिका वडा नं.३, धादिङ्गवेसीमा स्थापित उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरेका हुन् ।   

बैंकका सञ्चालक श्यामप्रसाद बस्याले उद्घाटन कार्यक्रममा बोल्दै व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुञ्जी उपलब्ध गराई त्यस क्षेत्रको ओधोगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने बताए ।   

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *