नवलपरासीको सिजीधाम नजिकै आगलागी, दुई पसल जलेर नष्ट

मंसिर १७, बुटवल । पूर्वी नवलपरासीको देवचुलीको सिजी धाम नजिकैको पसलमा आगलागी हुँदा  दुईवटा पसल पूर्णरुपमा जलेर नष्ट भएको  प्रहरीले जनाएको छ ।   

मंगलबार दिउँसो सिजी नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै रहेको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ । 

आगलागीबाट दुवै पसल जलेर नष्ट भएको हो । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो । आगलागीबाट ३० लाख बढी क्षति भएको अनुमान गरे पनि यकिन विवरण आउँन बाँकी छ भने आगलागीको कारण अझै खुलेको छैन ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *