बलिउड आलिया भईन् विश्वकै सेक्सी महिलाको सूचीमा

  

मंसिर २७, भारत ।  बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् । 

बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ ले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्री शीर्ष स्थानमा पर्न सफल भएका हुन्  । साप्ताहिक पत्रिका ‘इस्टर्न आई’ ले आलियाका लागि सन् २०१९ सबैभन्दा उत्कृष्ट वर्ष बताएको छ । पत्रिकाका अनुसार आलियाले यो वर्ष अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ । 

Image result for आलिया भट्ट

यस्तै, आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एशियाको सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छिन् । आलियाले भनेकी छिन्, ‘हामी बुढा–बुढी हुन्छौं, कस्तो देखिन्छौं त्यो समयसँगै परिवर्तन हुन्छ तर तपाईं मनबाटै सुन्दर हुनुहुन्छ भने तपाईं सधैं सुन्दर हुनुहुन्छ र हामीले यही कुरामा ध्यान दिनुपर्छ ।’ 

यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण यसपटक दोस्रो स्थानमा छिन् । तर यसपटक दीपिका पादुकोणले दशककी सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पोल्टोमा पारेकी छिन् । 

एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी छिन् । यस्तै, चौथो स्थानमा माहिरा खान छिन् । यसका साथै माहिरा खानले लगातार पाँचौं वर्षसम्म सबैभन्दा सेक्सी पाकिस्तानी महिलाको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी छिन् । यो वर्षको शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ वौं र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *