जाडोमा आफ्नो सौन्दर्यको यसरी ख्याल राख्नुस्

 मंसिर २५। जाडो शुरु भएसँगै अनुहार सुख्खा र फुस्रो हुनु सामान्य हो । यस्तो अवस्थामा अनुहारको बढी ख्याल राख्नुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्ता छन् चिसोमा अनुहारको ख्याल राख्ने डाक्टर अशुम्ता सिंहको ४ उपाय । 

१. दुधको तर र मह 

दुधको तर सबैभन्दा बढी मोस्टराइजर (अनुहारलाई सुख्खा हुन नदिने तत्व) हुन्छ । जसले अनुहारलाई कोमल बनाएर राख्छ । दुधको तर र महको बराबर अनुपात मिलाउनुपर्छ । महको प्रयोगले अनुहारमा व्याक्टेरियाबाट मुक्त राख्छ । यसरी मिसाएर बनाएको लेप अनुहारमा १५ मिनेटसम्म लगाएर मनतातो पानीले अनुहार सफा गर्नुपर्छ । नियमित यसको प्रयो गर्नाले शरीरमा चमक छाउँछ । 

Related image

२. सुन्तलाको बोक्रा र दुध 

सुन्तलामा भिटामिन सी पाइन्छ, जसले शरीरलाई स्वस्थ्य राख्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुपर्छ । एक अण्डाको सेतो भाग, एक ठूलो चम्चा नपकाएको दुध र सुन्तलाको बोक्राबाट बनेको धुलो मिसाउनुपर्छ । तयार मिश्रणलाई पूरै अनुहारमा लगाइ हातले माथि तल गर्नुपर्छ । यस्तो मास्कलाई हप्तामा एक पटक प्रयोग गर्नुपर्छ । 

३. केरा र दुध 

चिसोको समयमा अनुहार सुख्खापना आउँछ । यस्तोमा अनुहारलाई सुख्खा हुन नदिन केरा र दुधको प्रयोग गर्नुपर्छ । केराले मृत कोषहरु अनुहारबाट हटाउन मद्दत गर्छ भने दुधले अनुहारलाई पोषिलो बनाउँछ । साथै यसले एकदमै क्लिजर पनि हो । यदि अनुहारमा तेल आउने किसिमको छ भने गुलाब जलको पनि प्रयोग गर्न सकिन्छ । आधा केरा, एक चौथाई दुध र केही थोपा मह पनि मिलाउनुपर्छ । यसरी मिसाइएको मिश्रण अनुहारमा लगाएपछि केहीबेरमा पानीले धुनुपर्छ । अझ राम्रो परिणामा पाउनको लागि हप्तामा दुईपटक यसको प्रयोग गर्नुपर्छ । 

४. मेवा र केरा 

सुख्खा अनुहारको उपचारको लागि मेवा सबैभन्दा उत्तम विकल्प हो । केरा र मेवा बराबरा मात्राम मिलाएर अनुहारदेखि गर्धनसम्म लगाउनुपर्छ । यसरी लगाएको लेप १५ देखि २० मिनेटसम्म राखेपछि मनतातो पानीले धुनुपर्छ । यसलाई हप्तामा दुईपटक प्रयोग गर्नाले अनुहारमा चमक आउँछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *