रोटीकै कारण श्रीमतीले डिर्भोस मागेपछी…

  

पुष २ । वैवाहिक सम्बन्ध ठिक राख्नको लागि दुवै पक्षको उत्तिकै भुमिका रहन्छ । जब अति नै मनमुटाव आउँछ । तब समाधान भनेको दुवै विचको सम्बन्ध बिच्छेद नै हो । 

पति पत्निबीच हुने वैमनस्यताको कारण त धेरै नै सुनेको छौ तर भारतमा एउटा यस्तो कारणले निकै चर्चा पाएको छ । महाराष्ट्रको पुर्णे शहरमा बस्ने एक महिलाले आफ्नो पतिबाट सम्बन्ध विच्छेद गर्नका लागि अदालतमा निवेदन दिएकी छिन् । उक्त महिलाले सम्बन्ध विच्छेद गर्नाको कारण आश्र्चय लाग्दो छ । महिलाले बताए अनुसार उनका पतिले प्रत्येक रोटीको २० सेमी गोलाईमा बनाउन लगाउने र बनाउन नसकेमा झगडा र कुटपिट पनि गर्ने गरेका थिए । 

Image result for रोटी

उनका पति आईटी इन्जिनियर हुन् । यसैकारण सबै चिज उसले भने जस्तो राम्रो बनाउनु हुन्थ्यो । उनको पतिलाई प्रत्येक दिन प्रत्येक रोटीको साइज चेक गर्नुपर्थ्यो । दिनभरको काम लिखित रुपमा जानकारी दिनुपथ्यो । हरेक दिन उसले दिएको काम पुरा नभएमा तथानाम गाली गर्नुृका साथै कुटपिट गर्ने गरेको महिलाले भनेकी छिन् । पति रिसाएको बेला सानो गल्तीमा पनि एयरकंडिशन कोठामा चिसोपानी हालेर कोठा बन्द गरिदिन्थे । 

आफुलाई पटक पटक सुसाइड गर्नको निम्ती प्रेसर दिने कुरा उक्त महिलाले बताएकी छिन् । उनले आफ्नो छोरीको कारण मर्न नसकेको भनेकी छिन् । उनीहरुको सन् २००८ मा विवाह भएको थियो । विवाह पछि केहि साल त राम्रै थियो तर पछि पतिले अनौठो व्यवहार गरे । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *