यस कारण जाडोमा हृदयघातकाे जोखिम बढी

मंसिर २२ काठमाडौँ । हिउँदको तुलनामा हृदयघातको जोखिम बढी हुन्छ । बिशेषज्ञका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकको भनाइ छ । 

भारतका वरिष्ठ चिकित्सक डाक्टर रजनिस कपुरले जीवनशैली र खानपानले मुटु रोगको जोखिम बढ्न सक्ने बताए । उनले सजग हुन समेत सुझाव दिए । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिसको मृत्युको कारण हृदयघात हो । जाडो मौसम हृदयघातको जोखिमपूर्ण मौसम मानिन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ । 

चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । 

Image result for हृदयघात

उच्च रक्तचाप हुने र धुम्रपान सेवन गर्नेहरु हृदयघातको जोखिमा बढी हुन्छन् । धुम्रपानमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । पछिल्लो समय नेपालमा हृदयघात बढेको मात्र छैन युवाअवस्था मै देखिन थालेको चिकित्सक बताउछन् । 

हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ ।  

नेपालको कुल मृत्युको १८ प्रतिशत मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको तथ्यांकले देखाएको भन्दै बिशेषज्ञले यदी जीवनशैली परिवर्तन र सन्तुलित भोजन गरे ८० प्रतिशतलाई जोगाउन सकिने बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *