संसारको सबैभन्दा महँगो चिया, मूल्य १३ करोड बढी

मंसिर २९ ।  चिया हामीमाझ यति लोकप्रिय छ कि यसैमार्फत् हामी दिनको सुरुवात गर्छौं, यसैमार्फत् अतिथीहरुको सत्कार गर्छौं र यसैको बहाना बनाएर साथीहरुसँग भेटघाट र रमाइलो गर्छौं । यस्तो लाग्छ कि चियाबिना हाम्रो दिन अझ भनौं जीवन नै अधुरो छ । साधारणतया मानिसहरुले एक वा दुई प्रकारका चियामात्रै पिएका हुन्छन् जबकी संसारभरी यसका विभिन्न स्वाद र फ्लेभर पाइन्छन् । आज हामी तपाईंलाई संसारकै महँगो चियाबारे जानकारी दिँदैछौं । 

डा–होंग पाओ टीः 

टी–ब्लूमको एक रिपोर्ट अनुसार चीनको वुइसन इलाकामा एक विशेष खालको चिया पाइन्छ । डा–होंग पाओ टी नामको यो चियालाई संजीवनी बुटी भन्दा गलत हुँदैन । यसलाई चीनले आफ्नो राष्ट्रिय धन नै मान्ने गरेको छ । यो चिया मिंग वंशदेखि नै प्रचलनमा थियो र यसको खेती निकै गोप्य रुपमा गरिन्छ । रिपोर्टलाई मान्ने हो भने यो चिया पिउँदा थुप्रै रोगबाट मुक्ति मिल्छ । यो चियापत्तीको एक किलोग्रामको १.२ मिलियन डलर अर्थात् करिब १३ करोड रुपैयाँ पर्छ । 

Image result for drinking tea

पिजी टिप्स डायमण्ड टि ब्यागः 

यो चिया यसको चियापत्तीका कारण महँगो भएको भने होइन । यो जुन डिजाइनमा आउँछ, त्यसका कारण यो यति धेरै महँगो भएको हो । त्यसो भए यसको विशेषता के हो त रु चियापत्तीको एउटा ब्यागको १५ हजार डलर तिरेपछि तपाईंले एउटा यस्तो टिब्याग पाउनुहुन्छ जसमा २ सय ८० वटा हिरा जडान गरिएका हुन्छन् । 

तर यो टि ब्यागमा हिरा जडान गरिएकोले मात्रै यति महँगो भने भएको होइन । यसभित्रको चियापत्ती पनि निकै महँगो छ । यसमा सिल्भर टिप्स इम्पेरियल टिका चियापत्ती प्रयोग गरिएका छन् । यो टिब्याग पिजी टिप्सको ७५ औं वार्षिकोत्सव मनाउनका लागि बनाइएको हो । 

 पाण्डा डुङ्ग टिः 

पाण्डा डुङ्ग टि संसारको सबैभन्दा महँगो चियामा समावेश छ । एक किलोग्राम यो चियापत्तीको ७० हजार डलर करिब ७९ लाख रुपैयाँ पर्छ । यो चियापत्ती निकै दुर्लभ हुने र यो पौष्टिक तत्वले भरिपूर्ण भएकोले यतिधेरै महँगो भएको बताइएको छ । 

भिन्टेज नार्सिससः 

भिन्टेज नार्सिसस चियासँग जोडिएका थुप्रै किस्सा र कहानी छन् । यो चियाको पृष्ठभूमि पनि चीनसँग नै जोडिएको छ । यो वुयी माउन्टेनमा फलाइन्छ । यो चियाको चकलेटी, फूल र काठको जस्तै स्वाद आउने बताइन्छ । यो चियापत्तीको एक किलोग्रामको तौल ६ हजार पाँच सय डलर करिब ७ लाख ३५ हजार पर्छ । 

एल्लो गोल्ड टि बड्सः 

यो चियापत्तीमा खानमिल्ने २४ क्यारेट सुन छर्किएको हुन्छ । तर यसैका कारण मात्र यो विशेष भएको भने होइन । यो चिया निकै दुर्लभ छ किनभने यसको खेती एक वर्षमा एकपटक मात्रै गरिन्छ । यो दुर्लभ चियापत्तीको प्रतिकिलो मूल्य ३ हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ । 

टाइगुयानयिन टीः 

यो चिया हरियो र कलो चियापत्तीको मिश्रणले बनेको छ । यसको चियापत्तीलाई कटुसको जस्तो स्वाद निकाल्न गुन्द्रुक झैं गाडिएर राखिन्छ । यसको रुख फुजियान प्रान्तको सबैभन्दा अग्ला पहाडमा हुर्काइन्छ । यो चियापत्तीको प्रतिकिलो मूल्य तीन हजार डलर करिब तीन लाख रुपैयाँ पर्छ । यो चियापत्तीले लगातार सात पटकसम्म चिया बनाउन सकिन्छ । 

 पु–पु पु–अर्ह टिः 

यो चियाको अवधारणा १८ औं शताब्दीमा विकसित गरिएको थियो । चिनियाँ शासक क्विनलोंगले सबैभन्दा पहिलो यो चियाको चुस्की लिएका थिए । उनले यो चिया एकजना शुभचिन्तकबाट उपहारमा पाएका थिए । 

यो चिया बनाउनका लागि पातको नभई जनावरको मल प्रयोग गरिन्छ । ताइवानका किसानले किराको मल जम्मा गरेर यो चियापत्ती तयार गर्छन् ।  यो चियापत्तिको प्रतिकिलो एक हजार डलर करिब एक लाख रुपैयाँ पर्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *