बलिउड अक्षयकुमारले दिए श्रीमतीलाई आश्चर्य बनाउँने गिफ्ट

मंसिर २९, भारत। ट्वीङ्कल खन्ना समाजिक संजालमा निक्कै सक्रिय रहन्छिन् । उनी सामाजिक सञ्चालमा रोचक पोस्ट शेयर गरिरहेकी हुन्छिन् ।  हालै उनले आफ्ना पति अक्षयकुमारले दिएको एक अनौठो उपहारको तस्विर समाजिक संजाल इन्स्टाग्राममा शेयर गरिन् ।   

त्यो थियो– प्याजको इयररिङ । 

भारत र त्यस वरपरका देशमा अहिले प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतमा प्याजको उत्पादनमा उलेख्य गिरावट आएपछि मूल्य वृद्धि भएको हो ।  भारतमै अहिले प्याज प्रति किलो १०० भारु माथि गइसकेको छ भने नेपालमा पनि त्यसको असर देखिएको छ ।   

Related image

यस्तोमा अक्षयले ट्वीङ्कललाई प्याजको इयररिङ गिफ्ट दिएका हुन् ।   

ट्वीङ्कलले इयररिङको तस्वीर शेयर गर्दै लेखेकी छिन् ,‘ मेरा पति द कपिल शर्मा शोबाट फर्किएपछि मलाई भने – त्यहाँ मैले प्याजको इयररिङ करिनालाई देखाउँदा धेरै प्रभावित भइनन् । मलाई थाहा थियो कि तिमीलाई यो मन पर्नेछ, त्यसैले मैले यो तिम्रो लागि लिएर आएँ ।’ 

‘कयैन पटक साना र बचपना कुराले पनि मन छुन्छन् । बेस्ट प्रिजेन्ट अवार्ड, प्याजको ईयररिङ’ ट्वीङकलले अगाडि लेखेकी छिन् ।  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *