यस्ताे छ ‘पानीपत’को ट्रेलर

कार्तिक २०, मुम्बई । अर्जुन कपुर, सञ्जय दत्त र कृति सेनको अभिनय रहेको फिल्म ‘पानीपत’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक हुने बित्तिकै ट्रेलर सामाजिक संजालमा टप लिष्टमा पुगेको छ । ट्रेलर हेरेर सामाजिक सञ्जालमा तारिफ गर्ने र मजाक गर्ने समेत देखिएका छन् । 

 केहीले पानीपतको ट्रेलर आफूलाई सञ्जयलिला भन्सालीको फिल्म पद्मावत र बाजीराव मस्तानीको जस्तो लागेको प्रतिक्रिया दिएका छन् । ‘डाइलग, गेटअप र सिन पनि बाजीराव मस्तानी जस्तो छ’ ट्रेलरको मजाक उडाउँदै एक फ्यानले लेखेका छन् ‘पानीपतमा संजय दत्त पद्मावतका सिलजी (रणवीर सिंह) जस्तै बनेका छन् । म दाेधारमा परे, के पानीपत र पद्मावत एउटै फिल्म हो र ?’ 

आशुतोष गोवारिकरको निर्देशन रहेको फिल्मको ट्रेलरमा एक्सन देख्न पाइन्छ । ट्रेलरमा अर्जुन र कृतिको केमेस्ट्री अटाएको छ । ट्रेलरमा सञ्जय दत्त खतरनाक अवतारमा देखिएका छन् । अर्जुनले फिल्ममा सदाशिव राव भाऊको भूमिका छ । सञ्जय दत्त अहमद शाह अब्दालीको भूमिकामा र कृतिले मराठा महारानीको भूमिका निर्वाह गरेकी छन् ।   

फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ । जुन अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा लडिएको थियो । यसलाई १८ औं शताब्दीको सबैभन्दा महत्वपूर्ण लडाईमध्ये एक मानिन्छ ।  ६ डिसेम्बरमा रिलिज हुन लागेको यो फिल्ममा मोहनीश बहल र जीनत अमानको पनि मुख्य भूमिका छ । छाया‌ँकनको समयदेखिनै चर्चामा रहेको फिल्मले राम्रो कमाउने अनुमान गरिएको छ ।   

ट्रेलर सार्वजनिक भएपछि सामाजिक संजालमा हुन थालेका नकारात्मक टिप्पणीले फिल्मको ब्यवसायलाई केही हदसम्म असर भने पर्ने देखिएको छ ।  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *