विगबोसमा नयाँ ट्वीस्टः शहनाजलाई लाग्यो ठूलो झड्का, शोमै रुवाबासी

कात्तिक १८, एजेन्सी । भारतीय टेलिभिजन कलर्स च्यानलमा प्रशारण भइरहेको रियालिटी शो ‘विग बोस’मा नयाँ ट्वीस्ट देखा परेको छ । भारत लगायत विभिन्न देशका दर्शकहरुले अत्याधिक रुचाएको रियालिटी शो ‘विग बोस’को पहिलो फिनालेमा ३ जना बेघर भएसँगै वाइल्ड कार्ड कन्टेस्टेन्ट ‘विग बोस’को घरमा प्रवेश गरेका छन् । 

रश्मि देसाई, देवोलीना भट्टाचार्जी र शेफाली बग्गा बेघर भएपछि शोमा वाइल्ड कार्ड कन्टेस्टेन्टका रुपमा राजनीतिक विश्लेषक तहसीन पूनावाला, एक्टर हिमांशी खुराना, भोजपुरी स्टार खेसारी लाल यादव, हिन्दुस्तानी भाउ, अराहन खान र सिफाली जरिवालाले ‘विगबोस’को घरमा ईन्ट्री मारेका हुन् ।   

शोमा वाइल्ड कार्ड कन्टेस्टेन्टको इन्ट्रीसँगै नयाँ ड्रामा देखिएको छ । त्यो हो शहनाज गिलको । आफूले आफूलाई पञ्जावको क्यैट्रिना बताउने शहनाज गिललाई त्यतिबेला झट्का लाग्यो जतिबेला उनको दुस्मन अर्थात हिमांशी खुरानाको इन्ट्री भयो । 

शहनाज र हिमांशी एकअर्कालाई मन पराउँदैनन् । किनकी यसअघिदेखि नै उनीहरु दुई जना विभिन्न कन्ट्रोभर्सीमा मुछिइ सकेका थिए । हिंमाशीको प्रवेशसँगै शहनाज विग बोसको घरमा नबस्ने भन्दै रोएको दृश्य दर्शकहरुका लागि निक्कै नाटकीय लग्थ्यो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *