सरकार छाड्ने नछाड्ने जिम्मा पदाधिकारी बैठकलाई

कात्तिक ३०, काठमाडौं । समाजवादी पार्टी नेपालको केन्द्रीय बैठक सकिएको छ । सरकार छाड्ने÷नछाड्ने निर्णय लिने जिम्मा पदाधिकारीलाई दिँदै पार्टी नेपालको केन्द्रीय परिषद बैठक सकिएको हो । बैठकले राष्ट्रिय जनता पार्टीसँग एकिकरण गर्ने नगर्ने निर्णय समेत जिम्मा पदाधिकारीलाई दिएको छ । 

राजधानीमा जारी बैठकले राजपासँँग पार्टी एकता गर्ने विषयमा पनि ठोस निर्णय लिन सकेन । सरकारबाट बाहिरिने वा सरकारमै बसेर संघर्ष गर्ने निर्णय लिने जिम्मा पदाधिकारी बैठकलाई दिइएको  एक केन्द्रीय सदस्यले जानकारी दिए ।   

‘बैठकमा संविधान संसोधन र सरकार छाड्ने नछाड्ने विषयमा छलफल भयो । जसमा सरकार छाड्ने नछाड्ने र राजपासँग एकिकरणको जिम्मा पदाधिकारीलाई दिइएको छ ।’ एक सदस्यले भने ।   

पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले पदाधिकारी बैठक संभवत आइतबार बस्न सक्ने बताए ।   

समाजवादीले संंविधान संसोधन गर्नुपर्नेलगायत माग सरकारसँँग राख्दै आएको छ । पार्टीका एक अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार छाड्नुपर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । जसमा अर्का अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार छाडि हाल्नुपर्ने अवस्था नरहेको भन्दै सदन र संसदबाट सरकारलाई दवाब दिनुपर्ने बताउँदै आएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =