प्रधानमन्त्री निवास अगाडि बिभिन्न नाराबाजी गर्दै प्रदर्शन

मंसिर २, काठमाडौँ । सोमबार बालुवाटार प्रधानमन्त्री केपी शर्मा ओली निवास अगाडी बिभिन्न नाराबाजीको साथ मिर्गौला पीडितहरुले प्रदर्शन गरेका छन् ।
मृगौला पिडित सरोकार समाजको नेतृत्वमा गरिएको प्रदर्र्शनमा उनीहरुले आफूहरुलाई उपलब्ध गराउँदै आएको सम्पूर्ण सहयोग पूर्ववत ढंगल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गरेका हुन् ।
पिडितहरुको माग जिविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिदैँ आएको सुविधा यथावत राख्न रहेको छ । १४ बुँदे ज्ञापनपत्रका साथ प्रदर्शनमा उत्रेका उनीहरुलाई सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र पनि प्रवेश गराएपनी प्रधानमन्त्रीले नभेटेपछी उनीहरुले बिभिन्न नाराबाजी गर्दै फर्किएका थिए ।

पिडितहरुले प्रधानमन्त्री आफू नै मृगौला पिडित भएर पनि आफुहरुको समस्या नबुझेको भन्दै आक्रोश पोख्दै यती माग पुरा नभए जस्तो सुकै आन्दोलन गर्न समेत तयार भएको चेतावनी समेत दिएका छन् ।
बालुवाटारबाट प्रदर्शन सुरु गरेका उनीहरुले माईतीघरमण्डलामा पनि प्रदर्शन गरेका थिए ।








