बिराट मेडिकल टिचिङ हस्पिटलमा स्वास्थ्य बिमाका बिरामीलाई छुट्टै फार्मेसी

मंसिर २, विराटनगर । बिराट मेडिकल टिचिङ हस्पिटल विराटनगरले स्वास्थ बिमा गरेका बिरामीहरुका लागि  छुट्टै  फार्मेसी सेवा सुरु गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी उक्त्त फार्मेसीको बिराट मेडिकल टिचिङ हस्पिटलका कार्यकारी निर्देशक डेनिस कार्कीले उद्घाटन गरे । 

बिरामीहरुको समस्यालाई लक्षित गरेर उक्त सेवा सुरु गरेको बिराट मेडिकल टिचिङ हस्पिटलका  स्वास्थ बिमा प्रमुख निरज श्रेष्ठले बताए । अस्पतालमा रहेका फार्मेसीमा अन्य बिरामीहरु पनि हुने भएकाले स्वास्थ बिमा गरेका बिरामीहरुलाई सहज होस भन्नका निमित्त उक्त फार्मेसी सुरु गरेको र स्वास्थ बिमा जाँच गर्न आउने बिरामीहरुका लागि काउन्टर पनि छुट्टै सुरु गरेको श्रेष्ठले जानकारी दिए । 

बिराट मेडिकल टिचिङ हस्पिटलमा झापा, सुनसरीका स्वास्थ बिमा गरेका  बिरामीहरु सेवा लिन आउने गरेका छन् । पछिल्लो समयमा भने मोरङमा पनि स्वास्थ्य बिमा सुरु भएकाले मोरङबासीले पनि सेवा लिन आउने श्रेष्ठको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *