प्रलाद शाहको नयाँ गीत ‘सुन्छु हल्ला बजारमा’ (भिडियो)

कात्तिक १५, काठमाडाैं । गीतकार प्रलाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत  ‘सुन्छु हल्ला बजारमा’ सार्वजनिक गरेका छन । आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन । 

यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप  सेण्टिमेण्टल भर्सनको गीत ‘सुन्छु हल्ला बजारमा’ सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्रेमीको प्रेम तोडेर अर्कै सँग माया गाँसेको कुरा गीतमा उल्लेख छ । गीतमा कुनै दिन फेरी जिन्दगी बदलिनेछ भन्ने आशा प्रेमीले राखेको सुन्न सकिन्छ । 

गीतमा गायक सुरेश लामाको स्वर छ । गीतका शब्द प्रलाद शाहले लेखेका हुन । गीतमा संगीत भर्ने काम कल्याण सिंहले गरेका छन् । गोपाल रसाइलीको संगीत संयोजन गीतमा रहेको छ । 

अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो । इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

हेर्नुहाेस भिडियाे 

https://youtu.be/ps5CxUs2380 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *