नेकपाको सचिवालय बैठक सुरुः उपस्थित भएनन् खनाल र पोखरेल


मंसिर ४, काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
बुधबार दिउँसो बालुवाटारमा गरिएको यस बैठकपछी मन्त्रिपरिषद हेरफेरका सम्बन्धमा अन्तिम निर्णय हुने बताईएको छ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
आज बिहान बस्ने भनिएको यस बैठक नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुरा नमिल्दा दिउँसो बिहानबाट दिउँसो सार्नु परेको थियो ।
आजको बैठकमा ओली र दाहालबीच नयाँ चुनिने र हटाइने मन्त्रीको नामबारे टुंगो लागिसकेको बताइएको छ ।
यस बैठक बस्नु अघी आज बिहान प्रधानमन्त्रि ओली र प्रचण्ड परामर्शको लागि राष्ट्रपतिलाई भेट्न शितल निवास समेत पुगेका थिए ।
बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले उपस्थिती जनाएपछी बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित हुन सकेनन् ।
