बलिउडकी ‘क्विन’ कंगनाको घरमा विवाहको राैनक सुरू भयाे

  

  

कार्तिक २४, भारत  बलिउडकी ‘क्विन’ भनेर चिनिने कंगना रनौतको घरमा चाँडै नै विवाह हुँदैछ । कंगनाका भाइ अक्षतको हालै इन्गेजमेन्ट भएको छ जसको तस्बिर र भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भाइको इन्गेजमेन्टमा कंगनाले निकै मस्ती गरिरहेको भिडियो सार्वजनिक भएको छ । 

सार्वजनिक भएका तस्बिरमा कंगनालाई बनारसी साडीमा देख्न सकिन्छ । यतिबेला कंगनाले सुनौलो रंगको बनारसी साडी लगाएकी छिन् र घाँटीमा चोकर लगाएकी छिन् । 

उक्त इन्गेजमेन्ट कार्यक्रममा कंगनाको पूरा परिवारले सँगै डान्स र मस्ती गरिरहेको देखिए । स्मरण रहोस्, कंगनाकी बुहारीको नाम ऋतु सांगवान हो । एजेन्सी   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *