मेस्सीकाे ह्याट्रिकमा सेल्टा भिगाेमाथि बार्सिलाेनाकाे सहज जित

एजेन्सी । कप्तान लियोनेल मेस्सीको ह्याट्रिक प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । गए राती भएकाे खेलमा बार्सिलोनाले सेल्टा डि भिगोमाथि ४–१ को फराकिलो जित हात पारेको हो । 

नोउक्याम्पमा बार्सिलोनाको सहज जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल थपे । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाेल गरे । सेल्टाका लुकास ओलाजाले एक गोल फर्काए । 

खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाए । जुनियर फिर्पाेले क्रस गरेको बललाई जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेस्सी चुकेनन् । 

Image may contain: 1 person, playing a sport and outdoor

४२औं मिनेटमा ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफमो इन्ज्युरी समयमा मेस्सीले फ्रिकिकमा सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । 

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले खेलमा ३–१ को अग्रता लिन सफल भयो । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गर्न सफल भएको थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रहेका सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए । 

जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा छ । समान २५ अंक रहेपनि रियल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित सेल्टा ९ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *