कमेडियन कपिलले डिसेम्बर ११ देखि कुनै पनि काम नगर्ने

  

  

कार्तिक २४, भारत ।  भारतीय हाँस्यकलाकार चाँडै नै पिता बन्न लागेका छन् । केही महिनाअघि उनले आफ्नी श्रीमती गिन्नी चतरथसँग समय बिताउनका लागि ‘द कपिल शर्मा’ शोबाट १० दिन ब्रेक लिएका थिए । त्यतिबेला कपिल गिन्नीसँग क्यानडा गएका थिए । कपिलले अर्को महिनादेखि पुनः छुट्टी लिने भएका छन् । 

Image result for कमेडियन कपिल

डिसेम्बरमा छुट्टी बस्नेः 

कपिलका एक आफन्तले भनेका छन्, ‘कपिल गिन्नी सुत्केरी हुने बेला उनीसँगै बस्न चाहन्छन् । उनले च्यानलसँग डिसेम्बर ११ देखि छुट्टी पनि मागेका छन् । नयाँ वर्षको उत्सवमा उनले कुनै पनि प्रोफेशनल कमिटमेन्ट लिन चाहँदैनन् । उनी यतिबेला कुनै पनि प्रकारको काम गर्ने छैनन् । उनी आफ्नो पूरा समय नीजि जीवनमा व्यतित गर्न चाहन्छन् ।’ 

जनवरीमा कार्यक्रममा फिर्ता हुनेः 

कपिललले एक अन्तर्वार्ताको क्रममा आफू डिसेम्बरमा पिता बन्ने बताएका थिए । कपिलले गिन्नीसँग सन् २०१८ को डिसेम्बर १२ मा विवाह गरेका थिए । ‘द कपिल शर्मा’ शोमा उनी पुनः जनवरीको पहिलो हप्तादेखि फिर्ता हुनेछन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *