यो हाे विश्वलाई आश्चर्य पार्ने शहर जहाँ बस्दा मात्र पाईन्छ पैसा

कार्तिक २४, काठमाडौं। इटालीको एउटा शहरमा मानिसहरूलाई बसाउनका लागि त्यहाँको सरकारले पैसा दिइरहेको छ । कन्डेला शहरका मेयर निकोला ग्याटाले शरहको जनसंख्या घट्दै गएपछि यो कदम उठाएकी हुन् । 

मेयरका अनुसार, शहरलाई सन् १९९० मा जस्तै आठ हजार जनसंख्या पु–याउने उनको लक्ष्य हो । अहिले यो शहरको जनसंख्या जम्मा २७ सय छ । यो शहरका गल्लीहरू मानिस र पर्यटकले भरिने गरेकोमा अर्थव्यवस्थामा संकट आएपछि मानिसहरू अन्तै बसाइँ सरेका थिए । त्यसपछि जनसंख्या बढाउनका लागि अनेकौं उपाय सोचिए । 

मेयरले यो अफरअन्तर्गत सिंगललाई ८०० युरो र कपललाई १२ सय युरो दिने फैसला गरेकी छन् । तीनदेखि पाँच सदस्य भएको परिवारलाई १५ सयदेखि १८ सयसम्म युरो दिइन्छ । यहाँ बस्नखोज्ने मानिसलाई करछुट र बालबच्चा स्याहार सुविधा पनि दिइनेछ । मेयरसँग काम गर्ने एक कर्मचारीका अनुसार, शहरको जीवनस्तर धेरै राम्रो छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *