एउटै धितो देखाएर करोडौं ऋण लिएको खुलासा,यी हुन् ऋण तिर्न नसक्दा जालजेल गर्ने महिला

मंसिर १०, उर्लाबारी । उर्लाबारी–४ की कमला तामाङले साविक मधुमल्ला ५ घ को कित्ता नं. ३६११ को १० धुर जग्गा एनएमबि बैंकमा धितो राखेर केही रुपियाँ ऋण लिएकी थिइन । बैंकको कर्जा तिर्न नसकेपछि तामाङलाई बैंकले बारम्वार पत्राचार गर्यो । बैंकको झमेलाबाट उम्कन उनले ऋण पल्टाउने निधो गरिन ।   

सोही अनुसार उनी मावा समृद्धि बहुउदेश्यीय सहकारीको ढोकामा पुगिन । कमलाको सर्त थियो ‘बैंकको कर्जा तिर्छु र यहीबाट कर्जा लिन्छु । जग्गा डुब्न लाग्यो, जसरी पनि सहयोग गरिदिनु ।’ कमला सहकारी कि शेयर सदस्य पनि थिइन । राम्रो कारोवार गरिरहेकी कमलाले होटल पनि चलाउछिन् । नियमित रुपमा कर्जा लिँदै कर्जा चुक्ता गरिरहेको उनको आर्थिक कारोवार उसबेला राम्रो थियो । बिगतको कारोवारलाई हेरेर सहकारीले ऋण दिने निर्णय ग¥यो । सहकारीको असल कारोवार गर्ने सदस्य सम्झेर उनको ऋण चुक्ता गर्न आवश्यक रकम संस्थाले उपलब्ध गरायो । 

पैसा लगेपछि कमला सम्पर्क बिहीन 

Image may contain: 2 people, people sitting

कमलाले सहकारीबाट एनएमवि बैंकको कर्जा पल्टाउने सर्तमा ऋण लगिन । तर, बैंकलाई ऋण तिरेर जग्गा उकासिनन् । यो कुरा सहकारीलाई थाहा भएन । सहकारीले बारम्बार बोलाउँदा उनले टेर पुच्छर लगाइनन । स्थानीय सहकारी बैंकबाट धितो मूल्याङ्कनका लागि प्रक्रिया सुरु गर्ने भन्दा कमला पछि सर्न थालिन । उनले २०७६ जेठ २३ गते सहकारी संस्थाबाट १७ लाख ५० हजार रुपियाँ बैंकको ऋण तिरेर जग्गा उकास्ने र सोही जग्गा रोक्का गरी सहकारीबाट कर्जा लिने सर्त गरेकी थिइन । तर, पैसा लगेर सम्पर्कमा नआएपछि संस्थासँग नत धितो रह्यो, न पैसा फिर्ता भयो । संस्था गम्भीर अप्ठयारोमा प¥यो । 

सेयर सदस्यले संस्थाका पदाधिकारीहरूसँग गलत मनसाय राखेर कारोवार गरेपछि अध्यक्ष र सचिवले संस्थाको हित कसरी हुन्छ भन्ने उपायको खोजि गरे । २०७६ कात्तिक २२ गते चुक्ता गर्ने गरी दैनिक किस्ताबन्दीमा लगेको ऋण कमलाले नियमित तिरिनन् । कमलाले नियमित किस्ता नतिरेपछि संस्थाको हितका लागि संस्थाबाट कमलाले लिएको ऋण र एनएमबी बैंकको ऋण समेत चुक्ता गरी अध्यक्ष पराजुली र सचिव दाहालसँग कमलाको ब्यक्तिगत कारोवारको प्रक्रिया सुरु भएको हो । 

सहकारी संस्था र बैकसँग कमलाले लिएको ऋण अध्यक्ष र सचिवले चुक्ता गरिदिएपछि कमला कै सर्त अनुसार उनको नाममा रहेको जग्गा रजिष्ट्रसेन पास गरिदिएकी हुन् । सहकारी र बैंकको ऋण चुक्ता वापतको ३३ लाख १४ हजार ५८ रुपियाँ पराजुली र दाहाललाई फर्काएपछि कमलालाई पराजुली र दाहालले जग्गा पास गरिदिने सर्तनाम भयो । सो सर्तमा कमला राजि नभएकी भए उनले मालपोत कार्यालय बेलबारी गएर पराजुली र दाहाललाई किन जग्गा रजिष्ट्रसन पास गरिदिइन त ? पराजुली र दाहालले भने –‘हामीले पटक पटक जनप्रतिनिधिको रोहबरमा राखेर पैसा फर्काउन आग्रह ग¥यौं । तर उनले सर्त राखे पनि पैसा फर्काइनन ।’ 

एउटै घरजग्गा देखाएर धेरै जना सँग ऋण लिएको खुलासा 

पैसा नफर्काए पछि दाहाल र पराजुलीले जग्गा बेचेर पैसा असुल्ने प्रक्रिया सुरु गरे । घरजग्गा देखाउन ग्राहक लिएर कमलाको घर पुग्दा कमलाको घरमा कोही ब्यक्ति बसिरहेको देखेपछि दाहाल र पराजुली तीन छक्क परे । घरमा बसिरहेको ब्यक्तिले आफ्नो २८ लाख रुपियाँ कमलाले चलाएको र पैसा नतिरे घर पास गरिदिने सर्त भएकोले घरमा बसिरहेको प्रतिक्रिया दिए । ति ब्यक्तिको प्रतिक्रिया सुनेपछि दाहाल र पराजुलीको घरजग्गा बेचेर पैसा असुल्ने योजना पनि खेर गयो । त्यति मात्रै होइन, कमलाले आचार्य थरकी एक महिला सँगै २४ लाख रुपियाँ २४ प्रतिशत ब्याज दिने सर्तमा लिएको समेत खुलेको छ । 

श्रीमानले बैदेशिक रोजगारबाट कमाएर पठाएको पैसा ब्याजमा लगाएकी महिला अहिले टाउकोमा हात लगाएर बसिरहेकी छिन् । कमलाले बजारका विभिन्न ब्यक्तिसँग १ करोड बढी ऋण लिएको बुझिएको छ । 

उल्टै मुद्धा दायर, कुट्ने आफै, रुने आफै 

आर्थिक रुपमा टाट उल्टेपछि कमलाले नाटक मञ्चन गरिन । आफ्ना छोराहरूले आफू, पराजुली र दाहाललाई विपक्षी बनाई मुद्धा दायर गर्न लगाएकी छिन् । नावालक छोराहरूसँग सल्लाह नगरी जग्गा राजिनामा पास गरी अर्कालाई बेचेका भन्दै मुद्धा दायर गरेको पत्र बोकेर उनी उर्लाबारीमा डुलिरहेकी छिन् । उर्लाबारी क्षेत्रमा साधारण होटल ब्यवसाय गरेर बसेकी एउटी महिलाले यतिका बिघ्न पैसा कहाँ लगानी गरिन वा कसरी सिध्याइन, यो अर्को खोजिको विषय बनेको छ । 

अध्यक्ष र सचिवको खेद 

ब्यक्तिगत कारोवारलाई सहकारी संस्थासँग जोडेर समाचार आएको भन्दै उर्लाबारी –७ को मावा समृद्धि बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष र सचिवले खेद प्रकट गरेका छन् । 

आइतबार र सोमबार केही मिडियामा नियोजित रुपमा संस्थालाई असर पार्ने गरी समाचार आएको भन्दै त्यस्ता भ्रामक समाचारले समाजमा उत्कृष्ठ कारोवार गरिरहेको संस्थाको भविष्य माथि खेलवाडको प्रयास भएको संस्थाका अध्यक्ष धु्रवचन्द्र पराजुलीले बताएका छन् ।   

‘सहकारी संस्थाको आर्थिक कारोवार, सदस्यसँगको वित्तीय कारोवार र सहकारीको न्यूनतम मापदण्ड सम्म नबुझी समाचार आउनु खेद जनक छ ।’ यस्ता समाचारले कसैको पनि हीत नहुने पराजुलीको ठम्याई छ । 

कमला तामाङले ब्यक्तिगत रुपमा धु्रवचन्द्र पराजुली र मात्रिका प्रसाद दाहालसँग कारोवार गरेको संस्थाका ब्यवस्थापक अशेष कुमार थापाले आइतबार नै विज्ञप्ति प्रकाशित गरी शेयर सदस्य र सर्वसाधारणलाई जानकारी गराइ सकेका छन् । तर, पुन मिडियालाई अनावश्यक रुपमा प्रयोग गरी कमला तामाङलाई बोक्ने प्रयास भएको पराजुलीको भनाई छ । बैंक, सहकारी संस्था र ब्यक्तिहरूसँग एउटै घर जग्गा देखाएर ऋण लिने कमला तामाङको नियत प्रति पराजुली र दाहालले शंका गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =