प्रभु बैंकको डिबेञ्चर बाँडफाँड

कात्तिक २९, काठमाडौं । प्रभु बैंकको डिबेञ्चर बाँडफाँड गरिएको छ । बैंकको गरेको रु. १ अर्ब बराबरको १०.२५ प्रतिशत डिबेञ्चर–२०८६ ऋणपत्र आज बाँडफाँड गरिएको हो ।
रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र गत २१ देखि सार्वजनिक निष्काशन गरिएकोमा आज बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
न्यनुतम २५ कित्ता र अधिकतम ४,००,००० कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंकको ऋणपत्रलाई ICRA-NEPAL ले न्युन कर्जा जोखिम रेटिङ्ग प्रदान गरेको थियो ।

बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्काशनको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई विक्रीका लागि निष्काशन गरेको थियो ।








