चोरीका मोटरसाइकलसहित ७ पक्राउ

मंसिर ४, धनुषा । धनुषामा बिभिन्न स्थानबाट चोरी गरिएको ६ मोटरसाइकलसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका तीन जना र महोत्तरीका चार जना युवक रहेकाे प्रहरीले जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा अनुसार धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल बस्ने २५ वर्षका काशिन्द्र सदा, धनुषाकै शहिदनगर नगरपालिका २ बस्ने वर्ष २० का विजय यादव, धनुषाकै विदेह नगरपालिका २ बस्ने वर्ष २० का राजन यादव रहेका छन्।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका १३ भेडियाही बिजलपुरा टोल बस्ने वर्ष २३ का अरुणकुमार राउत, वर्ष २२ का सुनिल कुमार चौधरी, वर्ष १९ का रामपुकार भण्डारी र महोतरीककै औरही नगरपालिका ३ बस्ने मनोज कुमार ठाकुरलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ज.५ प. ७१६३ नम्बरको ग्लामर, ज.६ प. ५४६० नम्बरको पल्सर, बा. ४७ प. ९९४३ नम्बरको पल्सर, ज.९प.९०८ नम्बरको सुपर स्पलेण्डर, ज.६प. ९७७५ नम्बरको आईसर र ज.७ प.९८८१ नं. को डिस्कभर मोटरसाइकल फेला पारिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हाल उनीहरुमाथी अनुसन्धान भईरहेकोे छ ।








