महराको थुनछेक बहस सकियो, रोशनी पनि इजलासमा, बोल्न भने पाइनन्
२०७६ कार्तिक १८ गते

कार्तिक १८, काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।
आइतबारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए। सोमबार महराको पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका हुन्।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएपछि गएको असोज १९ गते महरा पक्राउ परेका महराकाे आज बहस चलिरहँदा पीडित भनिएकी रोशनी पनि इजलासमा पुगेकी थिइन् । तर न्यायाधीशले उनलाई बोल्ने अनुमति दिएनन् ।

अब जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासबाट यो मुद्दामा आदेश आउन बाँकी छ । अबको केही समयमा नै अदालतले महरालाई साधारण तारिकमा छोड्ने, धरौटीमा रिहा गर्ने वा पूर्पक्षको लागि जेल चलान गर्नेमध्ये एउटा निर्णय सुनाउने छ।
२०७६ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








