इनुश्री र आयुले हात पारे स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङको उपाधि

कात्तिक २४, विराटनगर । मोर्डन एरा स्कुलकी इनुश्री राई र ए–वान क्वालिटी स्कुलका आयुष बास्तोलाले स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङको उपाधी हात पारेका छन् । 

विराटनगरमा शनिबार सम्पन्न भएको स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोरङ प्रतियोगिताको प्रिन्सेस इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि हात पारेका हुन् । 

हाउस हफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजनामा भएको उक्त प्रतियोगिताको प्रिन्सेसतर्फको फस्ट रनरअप सेन्ट मेरी स्कुलकी सदिक्षा कोइराला तथा सेकेण्ड रनरअप पुर्वाञ्चल विद्या सदन स्कुलकी एन्जल श्रेष्ठ घोषित भएका छन् । 

त्यस्तै प्रिन्सतर्फको फस्ट रनरअपमा पुर्वाञ्चल विद्या सदनका तापस प्रधान र सेकेण्ड रनरअप जेसी बाल सदनका सुयस कर्ण घोषित भए । 

प्रतियोगिताका विजेताले २० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे । फस्ट र सेकेण्ड रनरअपले क्रमशः १६ हजार प्राप्त गरेका छन् । भने, विजेता तथा फस्ट, सेकेण्ड रनरअपलाई ज्योती लाइफ इन्सुरेन्सले क्रमशः ५ लाख, ४ लाख र ३ लाख ५० हजार बराबरको इन्सुरेन्स प्रदान गरे । 

प्रतियोगिताको अर्गनाइजर च्वाइसमा अर्पण स्कुलकी दीक्षा खड्का छनौट भईन् । प्रतियोगिताको फाइनलमा २७ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । 

प्रतियोगिताका निर्णयाकहरुमा डा. मनोजकुमार राउत, विराटनगर जेसीसका पुर्व अध्यक्ष टिपी आचार्य, मिस नेपालकी फाइनलिष्ट अनुपमा बास्तोला, मोडल क्षितीज पोखरेल  रहेको हाउस अफ मिडियाका मेनेजिङ डाइरेक्टर अर्जुन श्रेष्ठले बताए । 

प्रतियोगिताका कोरियोग्राफर मोनिका लिम्बुले गरी थिईन । सीप र संस्कारसहितको सौन्दर्य भन्ने मुल नाराका साथ आयोजना भएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *