‘लाल सिंह चड्ढा’मा आमिरसँग देखिँदै करीना

कार्तिक २०, भारत ।  बलिउड अभिनेता आमिर खान ‘ठग्स अफ हिन्दोस्तान’पछि ‘लाल सिंह चड्ढा’मा देखिदैछन् । आमिरले आधिकारिक रुपमा फिल्मको घोषण गर्दै प्रर्दशन मिति तय गरेका छन् । यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुनेछ । 

यो फिल्ममा आमिरको अपोजिट करीना कपूर खान रहेकी छन् । आमिर र करिनाले थ्रि इडियट्स, तलाश एक साथ काम गरेका थिए । उनीहरुको जोडीलाई दर्शकले रुचाएका थिए । आमिरको यो फिल्मलाई अव्दैत चन्दनले निर्देशन गर्नेछन् । 

‘थ्रि इडियट्स, पीके, दंगल’ जस्ता फिल्मबाट तारिफ पाएका आमिरको पछिल्लो फिल्म ठग्स अफ हिन्दोस्तान फल्प भयो । यो फिल्म सोचेको जति सफल नभएपछि उनले कुनै फिल्म साइन गरेका थिएनन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *