२० हजारका लागि पदको दुरुपयोग, वडाध्यक्ष नै घुससहित समातिए

मंसिर ४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै उनले २० हजार घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो ।   

घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउ परेका साहमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वरा जारी विज्ञप्तीमा जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =