यस्तो बन्यो धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’ को फस्ट लुक

कार्तिक १९, काठमाडौँ । समाजसेवी तथा हाँस्य कलाकार धुर्मुस (सिताराम कट्टेल) तथा सुन्तली (कुञ्जना घिमिरे) द्वारा अभिनित चलचित्र  ‘सेन्टी भाइरस’को फस्टलुक सार्वजनिक गरिएको छ । 

सार्वजनिक गरिएको फस्टलुकको  पोष्टरमा सिताराम  (धुर्मुस)लाई भादगाउँले टोपीमा एकल रुपमा देखाईएको छ ।  उनीहरुकै होम प्रोडक्सन सुबिहानी फिल्म्स् प्रा लिको प्रस्तुति तयार पारिएको यस चलचित्रलाई  रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

चलचित्रमा धुर्मुस सुन्तलीसंगै  दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दिपक आचार्य लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।   

सामाजिक विषयवस्तुमा बनाईएको यस चलचित्रलाई  डिन्डु लामाले निर्माण गरेका हुन् भने फिल्मको कथा कुमार कट्टेल (जिग्री) र दीपक आचार्य (पाँडे) ले तयार पारेका हुन् । चलचित्रको प्रदर्शन मिती भने आगामी फागुन ९ गतेलाई तोकिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *