धरान वडा नं. १५ का अध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जना पक्राउ

मंसिर ९, धरान । नेकपाका स्थानिय नेता तथा धरान उपमहानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   

धरान वडा नं. १५ का वडाध्यक्ष इवारम सहित ८ ब्यक्तिलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।  ती व्यक्तिहरुलाई हतियार तथा विस्फोटक पदार्थ सहित निरञ्जन वस्तीको वडाध्यक्षकै घरबाट पक्राउ गरिएको हो ।   

हतियार सहित पक्राउ परेका व्यक्तिहरु वम बनाउने काममा लागेको आशंका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले गरेका छन् ।   

पटक पटक कार्यवाहक मेयर भएका इवारमको घरबाट हतियार सहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा लगिए पनि नेकपाका नेताहरुको व्यापक दवाव पछि वडाध्यक्ष इवारमलाई भने तत्काल रिहा गरिएको छ ।   

चुनावको मुखमा हतियार सहित पक्राउ परेकाहरुलाई सामान्य तरिकाले नछाड्न इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेलाई अन्य राजनीतिक दलका नेताहरुले भनेका छन् । प्रहरीले घटनालाई सामसुम पार्ने प्रयास गरेर अन्य व्यक्तिहरुलाई पनि छोड्ने तयारी गरिएको आशंका स्थानीयहरुको छ ।   

इप्रका प्रमुख डिएसपी न्यौपानेले भने केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सोधपुछ र अनुसन्धान भइरहेको बताए । न्यौपानेले वडाध्यक्षकै घर छेउमा रहेको ग्रील बनाउने ठाउँबाट ८ जना नियन्त्रणमा लिइएको बताए ।   

स्थानियहरुले भने डिएसपीले निर्वाचन विरोधी गतिविधीमा रहेका वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताहरु पक्राउ परेको घटनालाई देखाई वडाध्यक्ष सहित पक्राउ परेको घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोप लगाएका छन् । 

कतिपयले दिवंगत मेयर तारा सुव्वाको घरमा स्थानीय तहको निर्वाचनको समयमा बम पड्किएको प्रसङग सम्झिदै अहिले पनि त्यसैगरि सहानुभुतीको लागि वम पड्काउने आसयले नेकपाकै घरमा हतियार सहित जम्मा भएर वम बनाउने काम भएको हुनसक्ने भन्दै निष्पक्ष छानविनको लागि माग गरेका छन् ।   

चुनावको मुखमा आम मतदातालाई प्रभावित पार्न हतियारको खेलमा लागेकाहरुलाई कडा कानुनी कार्वाहीको माग पनि स्थानीयहरुले गरेका छन् । उनीहरुले विना कार्वाही अभियुक्तहरुलाई छोडिए त्यसको विरोध गरिने बताएका छन् । 

हाम्राकुराको सहयोगमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *