ऋतिक रोशनको प्रशंसक भएकै कारण श्रीमतीको हत्या, अनि गरे आत्महत्या

कार्तिक २४, वासिङ्टन । अमेरिकामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।   

बलिउड अभिनेता ऋतिक रोशनको प्रशंसक भएका कारण ३३ वर्षीय बुद्धिदत्तले धारिलो हतियार प्रहार गरी २७ वर्षीय डोनी डाजोयको हत्या गरी झुण्डिएर आत्महत्या गरेका हुन् ।   

न्यु योर्क पोस्टका अनुसार बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए। त्यसपछि आत्महत्या गरेका हुन् ।   

बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवादसमेत भएको जनाइएको छ। उनीहरुको विवाद प्रहरीसम्म पनि पुगेको थियो। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *