लागु औषधसहित एक युवक प्रहरीको नियन्त्रणमा

मंसिर १३, विराटनगर । लागु औषधसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मोरङको ऐऐ ५ का २३ वर्षीय सिमन मगर रहेको मोरङ प्रहरीले जनाएको छ । 

विहीबार मोरङको कानेपोखरी ६ मा प्रहरी चौकी रमाईलोबाट खटिएका प्रहरी टोलीले मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए । 

मगरको साथबाट नाईट्रोभेट नाम गरेको ट्याब्लेट ८ वटा, स्पाजमोल नामक ट्याब्लेट १९ वटा र पृजोल नामक ट्याब्लेट ५ वटा प्रहरीले फेला पारेको प्रभक्त खिउजुले जानकारी दिए । उनका अनुसार उक्त पक्राउ परेका मगरलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको खिउजुले बताए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =