बलिउडका गोविन्दा किन आउँदैछन् नेपाल ?

कार्तिक १८, काठमाडौं । नेपाली चलचित्र निर्माणको ५० औं वर्ष पूरा भएको अवसरमा वीरगञ्जमा हुन लागेको नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ मा बलिउड सेलिब्रेटी पनि आउने भएका छन् ।   

यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जको आदर्शनगर रंगशालामा हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा बलिउडबाट गोविन्दा अहुजा लगायत विभिन्न सिनेकर्मी आउने भएका हुन् ।   

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकको आयोजकले जानकारी दिएको छ ।   

Image result for गोविन्दा

यसअघि पनि गोविन्दा थुप्रै पटक नेपाल आइसकेका छन् । उनकी श्रीमती सुनिता आहुजा नेपालकी हुन् ।   

नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौं कलाकारहरुको सहभागिता रहने बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *