एलएलाई उपाधि

मंसिर ४, काठमाडाैं । लिटिल एन्जल्स (एलए) स्कुलले २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको ब्वाइज फुटबल उपाधि बुधबार जितेको छ । 

खोखनास्थित आयोजक ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलएले मल्पीलाई ३–२ गोलले पराजित ग¥यो । एलएका विशालप्रसाद मगरले २ र बसन्त दुराले १ गोल गरे । मल्पीका वित्निटले २ गोल फर्काए । एलएका विसम पुन मगर उत्कृष्ट खेलाडी घोषित भए । 

नेटबलमा रिलायन्स पब्लिक स्कुल र मल्पी उपाधिका लागि भिड्ने भएका छन् । रिलायन्सले रिलायन्स इन्टरनेसनल स्कुललाई ३२–२१ ले हरायो । रिलायन्सकी ओजस्वी निरौलाले २९ अंक जोडिन् । मल्पीले हिमालयलाई ४१–१० ले पाखा लगायो । मल्पीकी कृतिका सैजुले २९ स्कोर गरिन् । 

ब्वाइज बास्केटबलमा पुष्पसदनले निर्मललाई ५२–५१ तथा श्री मंगलदीपले मल्पीलाई ३९–२५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्पसदनका सुदिन शाक्यले १६ तथा मंगलदीपका जिग्मे छिरिङले १५ अंक जोडे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *